प्रधानमन्त्री दाहाल आज दाङ जाने

प्रधानमन्त्री दाहाल आज दाङ जाने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जान लागेका छन् । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पाँचौँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री दाहाल आज दाङ जान लागेका हुन् । 

 

 

आज बिहान साढे ११ बजे प्रधानमन्त्री दाहाल दाङ आइपुग्ने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रसाद लामिछाने जानकारी दिए । १२ वर्षदेखि रोकिँदै आइरहेको नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा विश्वविद्यालयका ५७५  जना विद्यार्थीहरू दीक्षित हुन लागेका छन् ।

Skip This
Skip This
Logo