संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।
आजकाे बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।





























प्रतिक्रिया