भारतस्थित नेपाली राजदूत शर्माले हिन्दू धर्मको पक्षमा वकालत गरेः सांसद पन्त

भारतस्थित नेपाली राजदूत शर्माले हिन्दू धर्मको पक्षमा वकालत गरेः सांसद पन्त

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजि पन्तले भारतस्थित नेपालका राजदूतले हिन्दू धर्मको पक्षमा वकालत गरेको आरोप लगाएका छन्।
 
बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो भनाइ राख्दै सांसद पन्तले भारतस्थित नेपाली राजदूत शंकर शर्माले घुमाएर हिन्दू राष्ट्रको वकालत गरेका छन्। उनले नेपाल हिन्दू राष्ट्र नै भएको भए राम्रा हुन्थ्यो भन्ने नेपाली जनताको भावना रहेको बताएर के भन्ने खोजेका हुन?भन्ने प्रश्नपनि सांसद पन्तको थियो । 

उनले भने ‘नेपालले भारतको नयाँ भवनमा राखिएको नक्सा बारे राजदूत शंकर शर्माको अभिव्यक्ति पनि ठीक भएन। के भारतले दिएको परिभाषा नेपालले पनि स्वीकारेको हो? राजदूतको भनाई आफैँमा अन्तर विरोधी छ। यस बारे नेपाल सरकारको दृष्टिकोण के हो? सदनलाई स्पष्ट पारियोस। ग्रेटर नेपालको नक्सामा सुगौली सन्धिर अघिको नेपाल र पछिको नेपाल स्पष्ट छुट्टाएको छ। तर भारतको नयाँ संसद भवनमा नभएको  नक्सामा कुनै ढंगले पनि अहिलेको र पहिलेको नछुट्टाई समान ढंगमा वर्तमान भारतकै अंग जसरी देखाइएको छ।

Logo