नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले शक्तिमा बसेकाहरुलाई देवत्करण गर्ने प्रवृतिले देशमा पक्षपातवाद र भ्रष्टाचार झनै मौलाएर जाने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा प्रस्तुत खर्च कटौतीको प्रस्ताव र विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले त्यही प्रवृति र उही चरित्रमा अल्मलिने हो भने रुपान्तरण र परिवर्तन सम्भवन नभएको तर्क गरेका हुन्।
उनले भने ‘यो क्षमास्य परमेश्वर भनेर आफ्ना गुटका नेता वा उपगुटका नेता अथाव जुनसुकै शक्तिमा बसेकाहरुलाई देवक्तकरण गर्ने र त्यसबाट संरक्षण गर्ने त्यस संरक्षणवादबाट झन झनै पक्षपातवाद, विकृति र भ्रष्टाचार देशमा झन झन मौलाएर जान्छ। नेतृत्वलाई देवक्तकरण गर्ने ठीक बेठिक नछुटटाएर जे जे मन लाग्छ त्यही गर्ने र संरक्षण गर्ने प्रविति सरकार पार्टी चारै तीर छ।त्यस्तै अहिले नयाँ हावा परिस्थितिर नयाँ चेतनाको उदय गर्छु भनेर आउनेहरु वृद्धतन्त्र,शक्तितन्त्र र संरक्षण बादकै वरपर माकुराको जालमा र फेरि त्यही गुटमा अल्मलिने हो भने रुपान्तरण र परिवर्तनको सम्भावनामैले देखेको छैन।’





























प्रतिक्रिया