प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँगको भेटपछि डाक्टर भट्टराईले, आफूहरुबीच समाजवादी मोर्चा निर्माण गर्ने गम्भिर सहमति भएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण,संघीय बजेट, टिआरसि लगायतका शान्ति प्रकृयाका बाकी कार्यभार,प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी ! देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्र गमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी! बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह!





























प्रतिक्रिया