नेपाली समाजमा अझै पनि पितृसत्तात्मक अवशेषहरु बाँकी छन्ः गृहमन्त्री श्रेष्ठ

नेपाली समाजमा अझै पनि पितृसत्तात्मक अवशेषहरु बाँकी छन्ः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा सामन्तवाद र पितृसत्तात्मक अवशेषहरु अझै पनि रहेको बताएका छन् । 

शुक्रवार नवनारी १६औं वार्षिकोत्सव समारोह तथा नवनारी सम्मान कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले महिलाहरुलाई हरेक क्षेत्रमा प्रतिभा प्रस्फुटनको लागि वातावरण बनाउन राज्यको तर्फबाट सम्पूर्ण प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

उनले भने,‘सामन्तवादका अवशेषहरु अझै पनि छन् । पितृसत्तात्मक अवशेषहरु पनि अझैपनि भएका कारणले नारीलाई अप्ठ्यारो परेको छ । त्यसलाई समाधान गर्ने र महिलाहरुलाई हरेक क्षेत्रमा प्रतिभा प्रस्फुटनको लागि वातावरण बनाउन राज्यको तर्फबाट सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाउन चाहन्छु ।’

गृहमन्त्री श्रेष्ठले आफुहरुको कार्यभार राजनीतिक परिवर्तनलाई राजनीतिक उपलब्धिको रुपमा मात्र सीमित नराखी राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्ने  रहेको बताए । विकास र समृद्धिको फन्को मारी त्यसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने  विकास अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

Logo