नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । 

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति रामचन्द पौडेलले शुक्रबार कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । त्यसलगत्तै शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपतिबाट प्रधानन्यायाधीश कार्कीले शपथ लिएका हुन् । 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।

समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो । नवनियुक्त प्रधानन्यायाधीश कार्की साउन १९ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

Skip This
Skip This
Logo