अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष सन्जिव रेग्मीले काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)विद्यालय र कलेजमा लगाएको ताला फोडेर स्टण्डबाजीमा उत्रिएको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा आएका विभिन्न निजि स्कूल तथा कलेजको मोनोपोलीविरुद्ध गरिएका तालाबन्दी विना समन्वय फोडिएको भन्दै उनले महानगर प्रमुख साहको चर्को आलोचना गरे ।
उनले भने,‘महानगरका मेयरसापले जुन ढंगबाट तालाफोडेर क्षणिक स्टण्डबाजी गरेर सरोकारवालासंग छलफल नै नगरि गैह्रजिम्मेवार प्रवृति देखाएत्यसले हामीलाई थपचिन्तितबनाएको छ ।’
युलेन्स स्कूलमा लगाएको तालाफोडेर महानगर प्रमुख साहले शैक्षिक वातावरण सुचारु गरेकोप्रति रोष पोख्दै कांग्रेस नेतृ आरजु राणाको इसारामा बालेनले शैक्षिक क्षेत्रलाई डामाडोल बनाउन लागेको टिप्पणी गरे ।
‘तालाहरु फोडिदै गर्दा शेरबहादुर र आरजुको इसारामा बालेन साह चलिरहेको त छैनन् ? मुलुकको शिक्षालाई डामाडोल बनाउन र राजनीतिगर्ने र संगठन खोल्ने कार्य गलतहो भन्ने भाष्यनिर्माण गर्न बालेन साहलागेका छन् ।’ उनले भने ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी युनियनले विभिन्नकजेल तथाविद्यालयमा गरेको तालाबन्दी खोलेर महानगरपालिकाले शैक्षिक अवरोध अन्त्य गर्दै आएको थियो । सोही विषयलाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी युनियन क्रान्तिकारीले, महानगरले असजिलो पार्ने मनसायले विद्यालय प्रसाशक, सञ्चालक र अभिभावको बीचमा द्धन्द सिर्जना गर्ने प्रयास गरेको आरोप लगाएको छ ।
आफ्ना माग सम्बोधन गरी समस्या समाधाननगरे महानगरविरुद्ध संघर्ष गर्ने चेतावनी दिए । आफूहरु महानगरपालिकासंग सहकार्य गरेर शिक्षा क्षेत्रको विकासका लागि आवश्यक भूमिका खेल्न तयार रहेको उनीहरुको भनाई छ । उनीहरुले महानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी शैक्षिक सस्थाहरुमा वैज्ञानिक शुल्क निर्धारण गर्न महानगरको ध्यानाकर्ष गराउने, विद्यालयमा सञ्चालित छात्रावासहरुमा विद्यार्थीको मृत्यु भएको जस्तो गम्भीर कुरामाअनुगमनगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने र नगरे आफैं अनुगमनगर्ने लगायतका विविध ६ बुँदे संघर्षका कार्यक्रमपनि सार्वजनिक गरेका छन् ।































प्रतिक्रिया