संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जस्तोसुकै परिस्थिति आएपनि जनतालाई धोका नदिने वाचा गरेका छन् ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाद्वारा प्रकाशित ‘ललितपुर पत्रकारिता’ नामक पुस्तकको विमोचन कार्यक्रममा उनले काम गर्दा कहिलेकाही गल्ती भए त्यसबाट सिक्ने तर जनतालाई धोका दिने काम कहिले नगर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘म नियतले देश र जनतालाई ढोका दिन्न, काम गर्दा कहिले काँही गल्ति भएछ भने त्यसबाट सिक्ने छु तर नियत र घुस खाएर म गल्ती गरेर धोका दिन्न यो मेरो वाचा हो ।’
राष्ट्रवादलाई कुर्चि प्राप्त गर्ने साधनको रुपमा प्रयोग गर्ने परिपाटी अन्त्य हुनुपर्ने मन्त्री किरातीको भनाई छ । नाम मात्रैको राष्ट्रवाद नभई जनताको हितसहितको राष्ट्रवाद आजको आवश्यकता भएको उनले बताए ।
उनले भने, ‘हाम्रो नीति विदेशीलाई सरापेपछि राष्ट्रवादी भईहाल्ने, पाखण्डि राष्ट्रवादी, आफ्नो कुर्चिसंकटमा परेपछि राष्ट्रवादको हतियार उठाउने, राष्ट्रवादको परिभाषालाई परिवर्तन गर्नै पर्छ । हामीले वाचन गरेको राष्ट्रवादमा जनता भोको र बेरोजगार हुनु हुदैँन् । समृद्ध जनता हुनुपर्छ । त्यो पो राष्ट्रवाद हो त ।’
अर्को प्रशंगमा मन्त्री किरातीले राष्ट्रिय ध्वजा वहाक विमान संचालन गरेर पर्यटनको विकास र आर्थिक उपार्जन समेत गर्ने सक्ने सम्भावना आफूले यो चार महिनामा देखेको जिकिर गरे । उनले भने ‘पर्यटन हाम्रो देशको आर्थिक विकासको मूल आधार हो, पर्यटनको पहिलो आधार भनेको हामीले दिने सेवा सुविधा हो, अर्को आधारमा जहाज पनि जोडिने रहेछ, जहाज भनेको त्यस्तो महत्वपूर्ण कुरा रहेछ तर यहाँ नाफा र घाटासँग मात्रै जोडेर हेर्ने चलन पनि छ । अरु देशमा जहाज घाटामा गएर पनि देश नाफामा लगेका छन् तर हाम्रो घाटा नखाएर नाफा कमाएर देश र जनतालाई सेवा दिदैँ हाम्रो निगम चलाउन सक्छौँ भन्ने साढे ४ महिनाको अनुभव मलाइ भईसकेको छ ।’
पत्रकारिता केही घराना, व्यापारी र नेताको मुठिभित्र हुन्छ भन्ने कुरा सत्य सावित हुँदै गएको उनको तर्क छ ।





























प्रतिक्रिया