नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको आज घोषणा गरिने भएको छ।
दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा मोर्चाको घोषणा गर्न लागिएको हो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल, नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आवद्ध पार्टीहरूले अनुरोधसमेत गरेका छन्।
मोर्चा घोषणा सभामा आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिवद्धतापत्र, साझा न्यूनतम कार्यक्रम लगायतका बारेमा स्पष्ट पारिने जनाइएको छ।
समाजवादी मोर्चा बनेपछि उक्त मोर्चा संसदमा तेस्रो शक्तिका रुपमा रहने छ। जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी ५४ सांसद हुनेछन्।भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने मोर्चाको लक्ष्य रहेको छ।





























प्रतिक्रिया