नेकपा एमालेका सांसद महेश बर्तौलाले जनताले सहजै रुपमा पाउनुपर्ने स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन्। सोमबार प्रतिनीधि सभाको बैठकमा सांसद बर्तौलाले देशमा प्रधानमन्त्री,मन्त्री,सांसद र व्यवस्था समेत फेरियो तर जनताले पाउनुपर्ने सामान्य उपचारलाई पनि ६ महिना १ वर्ष कुर्नुपर्ने अवस्था भने नफेरिएको बताए।
उनले भने ‘स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ। यस अन्तर्गत प्रत्येक व्यक्तिको स्वाथ्यमा समान पहुँच हुनेछ भनेर सुनिश्चितता गरियो। हामीले यो देशमा पटक पटक प्रधानमन्त्री मन्त्री र सांसदहरु पनि फेरिए। हामीले व्यवस्था पनि फेर्याैँ। संविधान पनि फेर्याैँ र संविधानमा पनि व्यवस्था गर्याैँ। स्वास्थ्य सेवामा नागरिकको समान पहँच सुनिश्चिस्तताको व्यवस्था विषय तर आज नागरिकहरुले सामान्य पथरीको उपचार अप्रेसनको लागि ६ महिना कुर्नुपर्ने। किड्नी ट्रान्सप्लान्टको लागि १ वर्ष भन्दा बढी कुर्नु पर्ने यो खालको अवस्था र विडम्बना को अन्य कहिले गर्छौँ।’
सांसद बर्तौलाले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गरेर प्रत्येक व्यक्तिको स्वास्थ्यमा समान पहुँच हुनेछ भनेर सुनिश्चितता गरियो तर त्यसको कार्यान्वयन भने नभएको बताए।





























प्रतिक्रिया