रुलिङमा एकरुपता हुनुपर्ने एमाले सांसद पन्तको माग

रुलिङमा एकरुपता हुनुपर्ने एमाले सांसद पन्तको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा रुलिङमा एकरुपता हुनु पर्ने बताएका छन्।  मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद पन्तले संसदमा नलेखिएको विषयमा छलफल अघि बढाउन नमिल्ने बताएका हुन्। 

उनले भने ‘आज हामी लुम्बिनी नाम नलेखिएकोमा यो छलफल अगाडि बढायौँ भने भोलि नागरिक उड्डयनले पनि नाम नलेखि ल्यायो भने छलफलअगाडि बढाउछौ कि बढाउदैनौँ । त्यो त सभामुखज्यूले दिएको रुलिङकै विरुद्ध हुन्छ। त्यसैले आज रुलिङगमा यो प्रष्ट हुनुपर्छ कि रुलिङमा एकरुपता हुनुपर्छ सभामुख महोदय। हामी यो लुम्बिनी नाम नलेखेको शीर्षकमा छलफल गर्छौँ भने कोशी नाम नलेखेको शीर्षकमा छलफल गर्छाैँ कि गर्दैनाैँ?त्यसकारणले यसलाई सच्चाएर ल्याएपछि मात्र यसमा छलफल हुनुपर्छ। नत्र छलफल अगाडि बढ्न हुँदैन। ’ 

Skip This
Skip This
Logo