सुदूरपश्चिमका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना

सुदूरपश्चिमका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन् । 

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सो दुर्घटनामा चारजना घाइते भएका छन् ।

घाइते मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, पीएसओ दिपक भण्डारी, चालक धर्मराज जोशी र जयदेवी सिंहको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

Logo