उपेन्द्र यादवकाे कटाक्षः बाबुरामजीको एक्लै हिँड्ने बानी छ

उपेन्द्र यादवकाे कटाक्षः बाबुरामजीको एक्लै हिँड्ने बानी छ

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने बताएका छन्।

सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए। मोर्चामा आवद्ध जसपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए।

उनले भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो। पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ,‘बाबुराम भट्टराईले समातेको पनि होइन, छोडेको पनि होइन हामीले,’ कुनै छलफलमा नभएको भन्दै उनले हाँस्दै अघि, ‘फेरि बाबुरामजीको एक्लै हिँड्ने बानी छ। त्यसले गर्दा ठीकै भ’छ कि जस्तो छ।’

Logo