खाँणलाई भेट्न सुन्धारा कारागार पुगे परराष्ट्रमन्त्री साउद

खाँणलाई भेट्न सुन्धारा कारागार पुगे परराष्ट्रमन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका छन् ।

बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घन्टा साउदले खाँणसँग भेटघाट गरेको कारागार प्रशासनले स्रोतले जनाएकाे छ। भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

बिहीबारै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि खाँणसँग भेट गरेका छन्। बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि खाँणलाई भेटेका थिए ।

जिल्ला अदालत, काठमाडौँले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौँले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो ।

Skip This
Skip This
Logo