नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्र आवश्यक नरहेको प्रेम सुवालको जिकिर

नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्र आवश्यक नरहेको प्रेम सुवालको जिकिर

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले सरकारको सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामा मात्र सीमित भएको बताएका छन्।शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले सीमा दरबार आफ्नै सुशासन र भ्रष्टाचारबाट मुक्त  नभएको भन्दै सुशासनकायम गर्ने भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामा मात्र सीमित रहेको बताए। 

उनले प्रधानमन्त्रीले पार्टीको नेताहरुसँग बैठक नराखेर आएको निर्देशन मात्र पालना गर्न बसेको भन्दै आपत्ति जनाए।  उनले भने,‘सुशासनकायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामा मात्र सीमित हो? सीमा दरबार आफ्नै सुशासन र भ्रष्टाचारबाट मुक्त नभएको जनताको गुनासो छ। प्रधानमन्त्रीले खासै पार्टीको बैठक राख्नु भएको छैन। उहाँकतैबाट आएको निर्देशन मात्र पालना गर्ने भनेर मात्र बस्नु भएको जस्तो छ। पार्टीको पनि बैठक राख्नुपर्छ।’ 

सांसद सुवालले राष्ट्रिय परिचयपत्रआवश्यक नरहेको भन्दै त्यसमाभएको अरबौं रकम कटौती गर्नु पर्ने टिप्पणी गरे। उनले भने,‘राष्ट्रिय परिचयपत्र किन? नागरिकता छ त अरु परिचयपत्र धेरै छ। गृह मन्त्रालीलाई यस्तो वुद्धि कहाँबाट आयो?अरब खर्च हुने गरि।’

रक्षा मन्त्रालयमा देशको सीमा सुरक्षा नेपाली सेनालाई दिनुपर्ने उनको भनाई छ । सीमानामा सुरक्षा गर्न खटाउनुपर्ने सुरक्षाकर्मीलाई औद्योगिक क्षेत्रमा राखिएकोमा आपत्ति जनाउदै उनले भने,‘सिमानामा सुरक्षा गर्न खटाउनुपर्ने सुरक्षाकर्मीलाई गृह मन्त्रालयले काठमाडौँ उपत्यकाको औधोगिक क्षेत्रहरुमा राख्नु उचितहो र ? सीमाना मिचिँदै छ। शहरको बीचमा सुरक्षाकर्मी?। ’

Logo