नेकपा एमालेका सांसद रघुजी पन्तले धर्म, जात र पहिचानले नभइ संस्कृतिले मुलुकलाई जोड्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलमा सांसद पन्तले सरकारले प्रज्ञा प्रतिष्ठानको पनि अपमान गरेको गुनासो गरेका हुन् ।
‘पहिचानमा जोडदिने हैन संस्कृतिले मुलुकलाई जोड्ने हो, संंस्कृति मन्त्रालयको ध्यान यसतर्फ जानुपर्छ । तर गएन । धर्म पहिचान र जातले समाजलाई तोड्छ, तर संस्कृतिले जोड्छ । प्रज्ञा भन्ने शब्दको हामीले अपमान ग-यौँ । प्रज्ञा भनेको ज्ञानको त्यो उचाई हो जसमा प्राज्ञहरुलाई त प्रधानमन्त्री मन्त्रीहरुले टाउको झुकाएर आदर गर्ने मान्छे हो ।’ उनले भने, ‘हामीले प्रज्ञा प्रतिष्ठानलाई कस्तो बनायौं । म त मन्त्रीलाई भन्दा पनि प्रधानमन्त्रीलाई नै जिम्मेवार ठान्छु । कि हामी आफ्नो मुलुकलाई आफ्नो संस्कृतिलाई भुल्न सक्षम रहेनछौं । गैर सरकारी संस्थाहरुको नविकरण र तिनीहरुको काममा गृहमन्त्रालयले चनाखो गरि ध्यान दिनुपर्छ ।’





























प्रतिक्रिया