जसपाको केन्द्रिय समिति बैठक बस्दै, मस्यौद विधान अनुमोदन गर्ने

जसपाको केन्द्रिय समिति बैठक बस्दै, मस्यौद विधान अनुमोदन गर्ने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आज केन्द्रिय समितिको बैठक बस्दैछ। भोलीदेखी सुरु हुने विधान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो। 

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलीदेखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा विधानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो। बैठकले केन्द्रिय समितिबाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेसनमा प्रस्तुत हुनेछ। 

भोलीको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन्।

यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ। विधान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन्।

Skip This
Skip This
Logo