वीपी प्रतिष्ठानको स्वायत्तता कामय राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

वीपी प्रतिष्ठानको स्वायत्तता कामय राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदा अन्तर्गत दूई स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वायत्तता नखोस्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको शनिबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटनस्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वायत्त नै राख्ने प्रतिवद्धता जनाएका छन् ।

संघर्ष समितिका सदस्यहरुसँगको भेटेमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले वीपी प्रतिष्ठान विशिष्ट प्रकारको स्वायत्त संस्था भएको उल्लेख गर्दै यसको स्वायत्तता खोसिने खालका कुनै ऐन नआउने विश्वास समेत दिलाएका थिए । उनले प्रतिष्ठान देशकै गहना भएको भन्दै यसलाई जोगाई राख्नु सरकारको दायित्व भएकोले सरकारले आफ्नो दायित्व पूरा गर्ने बताए ।

उनले संघर्ष समितिले राखेका मागप्रति आफू सकारात्मक रहेको समेत बताएका थिए ।  

प्रधानमन्त्री दाहालसँगको संघर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङबोले प्रतिष्ठानको स्वायत्तता कायम राख्दै प्रतिष्ठानलाई  चिकित्सिा विश्वविद्यालय बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह समेत गरेका थिए । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर चारका संघीय संसद ज्ञानेन्द्र वहादुर कार्की, धरानमा पुर्व मेयरहरु मनोज मेन्याङबो, तिलक राईसहित प्रधानमन्त्री कार्यलय पुगेको टोलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको थियो ।  समितिले    स्वास्थ्य सेवालाई समयानुकुल अझ लोककल्याणकारी, पारदर्शी, लोकतान्त्रिक र जिम्मेवार बनाइदै विकेन्द्रिकृत  बनाइनु पर्ने , चिकित्सा शिक्षा आयोगको स्थापनासँगै प्रतिष्ठानको स्वायत्ततामा लगाइएको अंकुश हटाई पूर्ण विश्वविद्यालय बनाउनु पर्ने माग राखिएको छ । 

छाता ऐन भित्र जान विल्कुल असहमत जाहेर गर्दै समितिले प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ–  हाम्रो प्रतिष्ठान, जो अहिले नै विश्वविद्यालयको स्वरुप, आकार, हैसियत र प्रतिष्ठामा स्थापित छ, यसलाई छाता ऐनले प्रस्ताव गरेजस्तो एकजना डीनको अधिनस्थ ’अध्ययन संस्थान’ होइन यसलाई  छुट्टै विश्वविद्यालय ऐन जारी गरी पूर्ण विश्वविद्यालय मनाउन जोडदार माग गर्दछौ ।’ 

प्रतिष्ठानको स्वातयत्तता खोजेर एकीकृत ऐनमार्फत आंगिक कलेज बनाउन लागेको भन्दै धरानका राजनीतिक दल सामाजिक संघसंस्था तथा नागरिक अगुवाहरु अहिले काठमाडौमा पुगेका छन् ।  

Logo