संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिकलाई धोका दिने कुरा सोच्नै नसक्ने बताएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय कविता महोत्सवलाई सम्बोधन गर्दै मन्त्री किरातीले मन्त्रालयमा आफूलाई सुविधाको अफर आउने गरेको तर देश र जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिवद्ध रहेर आफूले काम गरिरहेको दाबी गरे ।
उनले भने, ‘आज म सरकारको सदस्य हुँदा सरकारको सदस्य त्यो मन्त्रीको कुर्सिमा बसिरहँदा सुविधाको अफर आउँदा म सम्झिन्छु । मेरो प्रधानमन्त्रीको अनुहार,जनता , शहीद घाईते वेपत्तालाई सम्झेर यो देश र जनतालाई धोका दिनुहुन्न भनेर प्रतिवद्ध छु ।’
मन्त्री किरातीले साहित्यको क्षेत्रबाट सुशासनको पक्षमा ,भ्रष्टाचारको विरुद्धमा र समृद्धिको पक्षमा योगदानका लागि अपिल गरे । जहिले सम्म समाजमा विभेद भईरहन्छ तब सम्म समाज समृद्ध नहुँने उनको भनाई छ ।
.































प्रतिक्रिया