नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसिसी विश्वकप छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई सान्त्वना दिएका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै ओलीले भनेका छन्– ‘हिजो (शनिबार) मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरेँ। आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं। मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीँ मेहनतका बाबाजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खाने गरी भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’
एउटा असफलता यात्राको अन्त्य नभएको बताउँदै ओलीले यात्रा जारी रहेको बताएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार नेदरल्याण्डस्सँग ७ विकेटले पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो।































प्रतिक्रिया