प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत र उद्दार गर्न सांसदहरुको माग

प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत र उद्दार गर्न सांसदहरुको माग

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका सांसदहरुले बाढी, पहिरो,चट्याङ लगायतका प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राज्यले तत्काल राहत र उद्दार गरि आफ्नो उपस्थिति देखाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतवार शून्य समयमा बोलेका सुशीला थिङ, देवेन्द्र पौडेल,शिव नेपालीलगायतका सांसदले प्राकृतिक विपत्तिमा हुने मानवीय क्षतिको विषय सदनमा उठाईरहन नपर्ने गरि तत्काल विशेष सेल बनाएर राज्यले उपचार र राहतमा आफ्नो उपस्थिति देखाउनुपर्ने माग गरे । 

प्राकृतिक प्रकोप चट्याङ, बाढी,पहिरो,दुर्घटना लगायतका विषयमा राज्यको स्वतः उपस्थिति हुनुपर्ने माग सांसद देवेन्द्र पौडेलले गरे । उनले भने, ‘आकस्मिक रुपमाहुने दैवी प्रकोपबाट हुने मानवीय क्षतिलाई हामीले सदनमा उठाईरहन नपरोस्, राज्यले तुरुन्त विशेष सेल बनाएर तत्काल उपचारको व्यवस्था गर्ने, तत्काल राहतको व्यवस्था गर्ने, ठाउँको ठाउँ राज्यको तर्फबट उपस्थिति जनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रणाली अपनाईयोस् म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

त्यस्तै, अर्का सांसद शिव नेपालीले चट्याङ लगायतका विपद व्यवस्थापनको तयारी गर्नुपर्ने भन्दै सरकारलाई ध्यानाकर्षण गराए । उनले बर्षेनी चट्याङ लागेर ठूलो मात्रामा धनजनको क्षति हुने गरेको भन्दै सो बारे जनतालाई सचेत गराउनुपर्ने तथा न्यूनीकरण गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे । 

उनले भने, ‘चट्याङ लागेर वर्षेनी ठूलो संख्यामा मानवीय र भौतिक क्षति भैरहेको छ । मानिस पशुपंक्षी आदिको क्षति हुनु नेपाल जस्तो देशका लागि ठूलो क्षति हो । प्राकृतिक प्रकोपलाई निर्मूल गर्न नसके पनि न्यूनीकरण गर्नसकिन्छ । चट्याङ परेर मानिस र पशुपंक्षीको हताहत हुँदा पनि सरकारको ध्यानजान सकेको छैन । २०१७मा नौ स्थानमा चट्याङ डिटेक्सन सेन्टर स्थापना गरेपनि उचित सञ्चालन हुन नसक्दा क्षति न्यूनीकरण गर्न सकिएको छैन । यो बार सामान्य जानकारी समेत जनतालाई प्रवाह गर्न नसक्नु ठूलो क्षतिको कारण बनेको छ ।’  

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि कटान गरेको रिठ्ठेपानी डाडाँको पश्चिम दक्षीण तर्फ पहिरो गएकाले बालीमा क्षति गर्नाको साथै बस्ती जोखिममा पारेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

यस्तै सांसद सुशीला थिङले शनिवार राति सिन्धुलीको गोलाञ्जोरमा गएको बाढी पहिरोले ३१ घरमाक्षति पु-याएको र अन्य स्थानका बस्ती पनि पहिरोको उच्च जाेखिममा रहेको भन्दै पीडितलाई तत्काल राहत र उद्दार गर्नुपर्ने माग गरिन् । 

Skip This
Skip This
Logo