जसपा विधान अधिवेशन : ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने

जसपा विधान अधिवेशन : ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालको बिधान अधिवेशन जारी रहेको छ । 

सो अधिवेसनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधान माथी सोमवार १० समुहमा बिभाजन गरेर छलफल हुदैँछ । हिजो आइतवार अध्यक्ष यादवले मस्याैदा बिधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित बिधानमा आजवाट समुहगत रूपमा छलफल हुन लागेको हो । 

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी  भएर समुहगत छलफल गर्न लागेका हुन ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका बिद्यान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । बिद्यानले ७० बर्षे उमेर हदको ब्यवस्थाका साथै एक ब्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर बिद्यान प्रस्तुत गरिएको छ । 

Logo