प्रतिनिधिसभा सदस्य वसन्त कुमार नेम्वाङले पाँचथरका बाढीपहिरो पीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिलाई पुनःस्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा उनले असार २ गतेको बाढी पहिरोमा पूर्ण र आशिंक गरी १ सय १३ घरपरिवार विस्थापित भएकोले उनीहरुलाई पुर्नस्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘पूर्ण र आंशिक गरी १ सय १३ घरपरिवार विस्थापति भएका छन्, उनीहरुलाई रकम तोकेर, पुनस्थापना र घर निर्माणको लागि सरकारले तत्काल पहल गरोस् । धेरै, पुलहरु ध्वस्त भएका छन् ।’ उनले भने, ‘दोभाने,हेँवाखोला फालेलुङ तीन र पाँच जोड्ने,सात र पाँच जोड्ने बाटोहरुमा तत्काल सम्बन्धित मन्त्रालयहरुलाई निरिक्षण गराई पुल निर्माणको लागि उपयुक्त पहल अगाडि बढाउन मेरो आग्रह छ ।
त्यस्तै सांसद नेम्वाङले असार २ यता पाँचथरको फलैंचा र म्याङम्याङमा विद्युत अवरुद्ध भएकाले समस्या परेको भन्दै तत्काल विद्युत आपूर्तिको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराए।





























प्रतिक्रिया