बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न नसकेको कारण समर्थन गरेनौँ -रवि लामिछाने

बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न नसकेको कारण समर्थन गरेनौँ -रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले अहिलेको बजेटले देशमा भएको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसकेको कारण आफूहरुले समर्थन नगरेको बताएका छन् । 

बुधवार प्रतिनिधि सभाको बैठकबाट बजेट पारित भएपश्चात सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति लामिछानेले अहिलेको देशको आर्थिक अवस्था समेट्न नसक्ने भएकाले विपक्षमा मतदान गरेको बताएका हुन् ।

उनले भने, 'अहिलेको बजेटले देशमा भएको आर्थिक मन्दीलाई सम्बोधन गर्न सक्दैन । अहिलेको देशको जुन आर्थिक अवस्था छ त्यसलाई वैदेशिक अनुसन्धानको लक्ष्य कहाँ छ ? सरकारको विश्वसनीयता छैन् न लक्ष्यमा पुग्ने सम्भावना छ । अनुमान गरेको तालमेल नमिलेको छ । त्यसैले समर्थन गर्ने कारण नभएकाले विपक्षमा बस्याैँ ।'

सभापति लामिछानेले मुद्दा खारेज हुँदा खुसी लागेता पनि अब फेरि कहिले आउने हो भन्ने प्रतीक्षामा रहेको भन्दै व्यङ्ग्य गरे ।  
 

Skip This
Skip This
Logo