सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुनेछः सभामुख घिमिरे

सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुनेछः सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन्। 

इद उल अजहा (बकर इद) को अवसरमा इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरे। उनले आन्दोलनको उपलब्धिस्वरूप मुस्लिम समुदायको हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरणका लागि मुस्लिम आयोगलाई संवैधानिक आयोगलाई मान्यता दिएको स्मरण गर्दै आयोगका सकारात्मक प्रयासहरूको स्मरण गरे। 

त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने बकर इदले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास हुने उनको विश्वास छ।

“मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वका अवसरमा असहाय, गरीब र विपन्न परिवारलाई अनिवार्यरूपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय रहेको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, हामीबीचको पारस्परिक एकता र सम्मान हाम्रो संस्कृति हो”, शुभकामना सन्देशमा भनिएको छ। 

Skip This
Skip This
Logo