उपसभामुख इन्दिरा राना मगरले सुशासनको पहिलो संसदको रुपमा पत्रकारिता रहेको बताएकी छिन् ।
शनिबार संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उपसभामुख रानाले आमजनताको चासोलाई पत्रकार मार्फत सदनमा ल्याउन र सदनको गतिविधिलाई जनतासम्म पु-याउन पत्रकारिताले सहयोग गरेको बताइन् ।
‘पत्रकारहरु देशको चौंथो अंगमात्रहोइन यो समाजको ऐना हो । सुशासनको पहिलो संसद नै पत्रकारिताहो ।’ उनले भनिन् ।
उपसभामुख रानाले पत्रकारले जिम्मेवार, पारदर्शी हुनुपर्ने र उनीहरुलाई पनि शत्रुको जस्तो व्यवहार गर्न नहुने धारणा राखिन् । उनले भनिन्, ‘संसदमाबोल्दा सांसदहरुले पनि समाचारहरु हेरेर त्यसको आधारमाकति धेरै रिसर्च गरेर बोलेको पाउँछु, हामी कति माथि छौं, पत्रकारिताले कति सहयोग भैरहेको छ,हामीले उहाँहरुलाई शत्रुको जस्तो व्यवहार गर्नुभएन । पत्रकारहरुले पनि राम्रो सूचना जनतालाई दिनुपर्छ। जवाफदेही र पारदर्शी हुनुपर्छ ।’
त्यस्तै, उपसभामुख रानाले निष्पक्ष र तटस्थ पत्रकारिता गर्न चाहनेको लागि अवसर नभएको,महिला पत्रकारलाई अझ गाह्रो रहेको उल्लेख गर्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताईन् ।
प्रतिक्रिया