एमालेकाे चेतावनीबीच बाेलाइयाे कर्णाली प्रदेशसभा बैठक

एमालेकाे चेतावनीबीच बाेलाइयाे कर्णाली प्रदेशसभा बैठक

केन्द्रबिन्दु
0
Shares

आइतबार कर्णाली प्रदेशसभा बैठक बस्दैछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ । 

यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो। जसकाकारण बैठक सुचारु हुन सकेका थिएन । बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेकाे चेतावनी छ । संसदमा एमालेको अवरोध हटाउन पटकपटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन ।

तर, पनि बैठक आइतबारका लागि बोलाइएको छ । 

Logo