काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन्।
वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिजले विश्वभरका राजनीतिक नेताहरू,नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ। वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो।
मेयर बालेन दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। उनको कार्यकाल सन् २०२४ देखि २०२६ सम्मको हुनेछ। मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशानिर्देशहरू पूरा गर्नुपर्ने हुन्छ।





























प्रतिक्रिया