टालटुले प्रवृत्तिले देश चल्दैनः सांसद झा

टालटुले प्रवृत्तिले देश चल्दैनः सांसद झा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सधैं टालटुले प्रवित्तिले देश चल्न नसक्ने बताएका छन् । 

आईतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद झाले यो विधेयकले  केहि हदसम्म काम गरे पनि त्यो दिर्घकालका लागि उपयुक्त नहुने बताएका हुन् ।

उनले भने ‘अहिलेको लागि समस्या समाधान गर्नका लागि यो विधेयकले केही हदसम्म काम गर्ला तर दिर्घकालसम्म हामी यस्तै टालटुले प्रवित्तिले काम गर्न सक्दैनौं । यसको नियामक निकायमै ध्यान दिने र फरक फरक नीति लिएर आउने हो की ? ’ 

समाजको समस्या समाधान गर्नको लागि यो विधयक आवश्यक भएपनि हतार गर्दा समस्या भएको सांसद झाको तर्क छ । 

Logo