भ्रष्टाचारको फाइल खोल्नु राम्रै हो, तर सत्ता बार्गेनिङका लागि नहोस्ः सांसद पन्त

भ्रष्टाचारको फाइल खोल्नु राम्रै हो, तर सत्ता बार्गेनिङका लागि नहोस्ः सांसद पन्त

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले ललिता निवास प्रकरण सत्ता बार्गेनिङका लागि हुनसक्ने टिप्पणी गरेका छन् । 

आईतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै सांसद पन्तले भ्रष्टाचारको फाइल खोलेर कारवाही गर्नु राम्रै कुरा भएपनि यो साँच्चै कारबाहीका लागि हो की बार्गेनिङका लागि हो भन्नेमा शंका व्यक्त गरेका हुन् । 

‘फाईल खोल्नु राम्रै हो, कारवाही गर्नु राम्रै हो, भ्रष्टचारीहरुलाई कारवाही गर्नुपर्ने कुरामा कसको दुईमत होला र ।’ उनले भने, ‘तर यो सांच्चै अब कारवाही गर्न हो की बाग्रेनिङ गर्न हो थाहा छैन । उहाँहरुको आफ्नो सत्तागठबन्धन भित्रको छिनाझपटीको अथवा त्यहाँ भित्र कसैलाईफसाउँन  थर्काउनको लागि हो भने त्यसको औचित्य छैन् । त्यो विधीसम्वत् हुनुपर्छ।’ 

सांसद पन्तले नेपाल कुनै जातजातिको पेवा नभएको भन्दै प्रदेशहरुपनि कुनै जाति वा समुदाय विषेशको नाममा बन्न जरुरी नभएको बताए । चाहे प्रधानमन्त्री, मन्त्री, चाहे जुन महानगरपालीकाका मेयर होस जो कोहीले पनि आफ्नो क्षेत्र भित्र काम गर्दा भएको ऐन कानून भित्र रहेर काम गर्नु पर्ने उनको भनाई छ । 

Logo