शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्‍याउन मेरो विकल्प छैनः प्रधानमन्त्री प्रचण्ड

शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्‍याउन मेरो विकल्प छैनः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्‍याउन तथा संघीय गणतन्त्रमाथि देखिएको खतराको रक्षार्थ आफू प्रधानमन्त्री बन्नुको विकल्प नभएको जिकिर गरेका छन्। 

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती विशेष एक कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्नै पर्ने लागेको बताए। उनले व्यथिति र विसंगतिका विरुद्धमा लड्नको लागि यो पटक आफैं प्रधानान्त्री चाहिन्छ भन्ने लागेरै काँग्रेससंग सहकार्य गरेको समेत तर्क गरे। 

उनले भने,‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक। जसरी भएपनि प्रधानमन्त्री हुनुपर्‍याे भनेर म भएरै छाडेँ। विचित्रको अनुभूति भयो मलाई। झन्डै शतप्रतिशत सदनको भोट पनि पाएँ मैले। त्यसपछि कहिले यता कहिले उता जस्तो पनि देखियो तर, मेरो मनस्थिति के हो भने देशमा देखिएको व्यथिति र विसंगतिका विरुद्धमा लड्नको लागि यो पटक म चाहिन्छ भन्नेमा म दृढ थिए,छु अहिले पनि।’

गिरिजाप्रसाद कोइरालाई प्रेरणाको स्रोत जीवनभरी मानिरहने बताएका उनले काँग्रेससंग गठबन्धन गर्दा निकै गम्भिर भएर निर्णय गरेको बताए। गठबन्धनमा समस्या हुन नदिने उनको प्रतिवद्धता छ। 

Logo