विपद्पछि उद्धारमा सघाउ पुर्‍याउन रास्वपाले बनायो द्रुत टोली

विपद्पछि उद्धारमा सघाउ पुर्‍याउन रास्वपाले बनायो द्रुत टोली

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपदमा खटिन द्रुत एक्सन टोली बनाएको छ।

रास्वपाले आइतबार सामाजिक कार्यमा केन्द्रित रहने उद्धार,खोज र राहतमा खटिने गरी प्रदीप तिमल्सेनाको नेतृत्वमा द्रुत समूह बनाएको हो। केन्द्रीय द्रुत कार्य विभागमा विष्णुपुकार श्रेष्ठ छन्। उनले नै प्रमाणीकरण गर्नुपर्ने गरी कार्यविधि तय गरिएको छ।

केन्द्रमा तिमल्सेना संयोजक चयन भएका छन्। त्यस्तै उपसंयोजकमा प्रेम थापा, सचिवमा फणिन्द्र पौडेल र कोषाध्यक्ष कृष्णबहादुर थापा रहेका छन्। त्यस्तै सदस्यहरूमा रामकृष्ण श्रेष्ठ, महमद हुसेन खान, चिरञ्जिवी तिमल्सिना, रवि भुजेल, शेरबहादुर सिंह, सुरज खड्का, दिपा केसी बास्तोला, मिलनचन्द्र महत छन्।

केन्द्रीय द्रुत कार्य समूहमातहत रहने तथा ७ देखि ३३ जना पार्टी सदस्य खटिनेगरी समूह बनाइएको हाे। विपद्पछि उद्धार, खोज र राहतमा नागरिक तथा सरकारलाई सघाउ पुर्‍याउन यस्तो समूह बनाइएको रास्पाले जनाएकाे छ। 

Skip This
Skip This
Logo