हिमाली क्षेत्रको विकासका लागि संघीयता आवश्यक छः सांसद शेर्पा

हिमाली क्षेत्रको विकासका लागि संघीयता आवश्यक छः सांसद शेर्पा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले पहुँचका आधारमा सरकारले बजेट विनियोजन गरेकोप्रति गुनासो गरेका छन् । 

सोमबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथि गरिएको खर्च कटौतीको छलफलमा सहभागी सांसद शेर्पाले पहुँचवाला मन्त्री र सांसदले आफ्नो क्षेत्रमा बजेट लैजाने तर,सोझा र पिछडिएका क्षेत्रका नेता र सांसदले नपाउने गरेको गुनासो गरे । 

सरकारले आर्थिक वर्ष ०८०/८१ को लागिविनियोजन गरेको बजेटले विकट क्षेत्रका सांसद र पहुँचवालाबीचको फरक स्पस्ट छुट्याएको बताएका उनले संघीयता आवश्यक रहेको महशुस गरेको चर्चा गरे । 

उनले भने,‘संघीयता भनेको आवश्यकताहो भन्ने कुरा यो बजेट बाँडफाँटले पनि देखायो । त्यसकारण यो देशमा संघीयता आवश्यक छ । कस्लाई आवश्यक छ भने,पावरवाला ठूल्ठूला मन्त्री,सांसद र नेतालाई आवश्यक छैन् । म जुन ठाउँबाट आएको छु,त्यो ठाउँको लागि संघीयता आवश्यक छ । सगरमाथा,सोलुखुम्बु र हिमाली क्षेत्रको लागि संघीयता आवश्यक छ ।’ 

युवा तथा खेलकुद मन्त्रालयको विनियोजन खर्च कटौती गरेर एक रुपैयाँ कायम गरियोस् भनि प्रस्ताव पेश गरेका उनले युवा जनशक्तिलाई शिपमूलक तालिमसहित नैतिक शिक्षा दिनुपर्ने जोड दिए । 

Logo