पैसा नआउने कारणले ग्रामीण क्षेत्रमा सूचना सञ्चारको सुविधा पुगेनः प्रवक्ता महरा

पैसा नआउने कारणले ग्रामीण क्षेत्रमा सूचना सञ्चारको सुविधा पुगेनः प्रवक्ता महरा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले ग्रामीण दूरसञ्चारले ग्रामीण क्षेत्रमा पैसा नआउने कारणले सूचना सञ्चारको सुविधा नपुगेको गुनासो गरेका छन् । 

सोमवार काठमाडौँमा आयोजित नेपालमा दूरसञ्चारको विकास र सरोकारवालाको भूमिका विषयक विशेष अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता महराले पैसाको लोभले शहरमा मात्र ग्रामीण दूरसञ्चार केन्द्रित हुने गरेको आरोप लगाएका हुन् । उनले कर्णाली र डोल्पामा ४ वटा मात्र घर भएको गाउँमा पनि माैलिक हक उपयोग गर्न पाउनुपर्ने बताए । 

प्रवक्ता महराले ग्रामीण दूरसञ्चारले ग्रामीण क्षेत्रमा बढी मात्रामा खर्च गर्न आवश्यक रहेको बताए । उनले भने, 'सूचना सञ्चार नभएको मान्छे नै जानकारविहीन मानिस हुन्छ । त्यसैले हामीले प्रविधिको क्षेत्रमा धेरै विकास गर्नुपर्ने हुन्छ । ग्रामीण दूर सञ्चारमापनिशहरमा पैसा आउँछ, धेरै गाउँमा जाँदैनन्, कर्णाली र डोल्पामा ४ वटा मात्र घर भएको गाउँ छ त्यसले पनि मौलिक हक उपयोग गर्न पाउनुप-यो त्यहाँपनि टेलिफोन हुनु प-यो । त्यसैले ग्रामीण दूरसञ्चारले ग्रामीण क्षेत्रमा बढी मात्रामा खर्च ग्रामीण क्षेत्रमा गर्नुपर्छ ।’

उनले हुलाकलाई पनि आधुनिकीकरण गर्नुपर्ने टिप्पणी गरे । 

Logo