प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच आम नागरिकस्तरमा सम्बन्ध विस्तारका लागि सरदार प्रितम सिंहको ऐतिहासिक योगदान रहेको स्मरण गरेका छन् ।
काठमाडौंमा सरदार प्रितम सिंहको योगदानमा आधारित पुस्तक ‘रोड्स टू द भ्याली’ सार्वजनिक समारोहमा प्रधानमन्त्री प्रचण्डले, सरदार सिंहले नेपाली र भारतीय नागरिकलाई एक अर्कासंग जोड्न मात्रै नभई नेपालको विकास र समृद्धीमा समेत महत्वपूर्ण योगदान पु-याएको स्मरण गरे । उनले सिहंले नेपालको ट्रान्सपोर्ट, शिक्षा र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको बताए ।
उनले भने, ‘साँच्चै भन्ने हो भने नेपाल भारत सम्बन्धलाई जनता जनताबीच पिपुल टू पिपुलबीच विकास गर्न सरदार प्रितम सिंहको योगदान विशिष्ठ र ऐतिहासिक रहेको छ ।’
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालको ट्रान्सपोर्ट क्षेत्रको विकासका लागि सरदार सिंहले गरेको योगदानलाई भूल्न नसकिने बताए ।





























प्रतिक्रिया