प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका सांसदहरुले अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो ।  

‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागे । उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए । 

तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोज्दा एमालेसहितका दलहरुले उठेर विरोध जनाए । सांसदहरुको नाराबाजी भएपछि सभामुख घिमिरेले बुधबार नै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

Logo