संसदमा एमालेले भन्याे- प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक अघि बढ्न सक्दैन

संसदमा एमालेले भन्याे- प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक अघि बढ्न सक्दैन

केन्द्रबिन्दु
0
Shares

संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिएको हो । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रधानमन्त्रीको राजीनामा मागिएको हो । 

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्। उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए ।

यस्तै, राष्ट्रियसभा बैठकमा पनि राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिन माग गरेका थिए ।  

Logo