बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ । 

आर्थिक वर्ष २०८र०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने बताएपछि बैठक सुचारू भएको थियो।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेटमाथी छलफल चलाउन दिएको थिएन तर बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनुवाइ गरेर अघि बढने प्रतिवद्धता जनाएपछि बुधबारबाट बैठक सुचारू भएको हो। 

हिजोको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए।आजको बैठकमा पनि मन्त्रीहरूले बजेट माथी उठेका प्रश्रको जवाफ दिनेछन्। 

Skip This
Skip This
Logo