कांग्रेस जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी

कांग्रेस जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु भएको छ । भेलामा कांग्रेसको जिल्ला कार्यसमितिका अधिकासं सभापति सहभागी छन् ।

१४औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्तरुपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो । भेलामा महामन्त्रीद्वय गठन गगन थापा र विश्वप्रकाश शर्माले नै जिल्ला सभापतिहरूसँग अन्तरक्रियात्मक छलफल गर्ने, जानकारी लिने र निर्देशन दिने कार्यक्रमहरू छ । 

सभापतिहरुलाई स्वागत गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दशैं अघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको बताए । केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए। 

छलफलमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यता वितरणबारे छलफल भइरहेको छ । 

विधानअनुसार गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टीसञ्चालन तथा व्यवस्थापन लगायत सांगठनिक विषयमा पनि छलफल हुने बताइएको छ । पार्टीको केन्द्रीय समिति बैठकबाट जिल्ला सभापतिहरूसँग भेला गर्ने निणर्य लिएर भेला आयोजना गर्नुपर्ने पूर्वअभ्यास भएपनि महामन्त्री थापा र शर्माले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरूको भेला राखेका हुन् । 

महामन्त्रीद्वय थापा र शर्माकै संयोजनमा हालै मात्र कांग्रेसले अनलाइनबाट क्रियाशील सदस्यता वितरण सुरू भएको छ । भेलामा आउँदा जिल्ला सभापतिहरूलाई आफ्नो जिल्लाअन्तर्गतका विभिन्न जानकारी र वडातहसम्मको सम्मेलन गर्नेबारेको योजना समेत साथ लिएर आउन निर्देशन गरिएको छ ।

Logo