सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकार हाई प्रोपाईलका मानिसहरुले जे गरे पनि हुन्छ भन्ने प्रवृतिको विरुद्धमा रहेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एमाले)द्वारा संसद गत्यारोधका विषयमा सरकार र माओवादी केन्द्रको धारणा विषयक पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले हाईप्रोफाईल कल्चर नभइ आमनागरिक कल्चर स्थापनामा सरकार लागेको बताइन् ।
उनले भनिन्, ‘हाई प्रोपालईलको मान्छेहरुलाई जे गरे पनि केही हुन्न भन्ने जुन प्रवृति हावी भएको छ । हामी त्यसको विरुद्धमा छौं । हाई प्रोफाईल कल्चर हैन आमनागरिक कल्चर स्थापनामा हामी लागेका छौं । सबैलाई कानूनीदायरामा ल्याउनुपर्छ । यो हिजोको राजतन्त्र हैन, हिजोको पञ्चायत होईन कसैलाई कानूनभन्दा माथि बस्नुपर्ने छुट र कसैलाई कानूनभन्दा तल बस्नुपर्ने छुट । ’
राम्रो कामको सुरुवातको लागि र दृढतापूर्वक खुट्टा टेकेर अगाडि बढ्नको लागि सबैको साथ सहयोगको अपेक्षा गरेको उनको भनाइ छ ।





























प्रतिक्रिया