लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउने भएको छ ।
शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले कर्मचारीहरुको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउने निणर्य गरेकाे हो ।
बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभा समक्ष पेश गर्ने निणर्य गरेको सरकारका प्रबक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीहरुको वृद्धि विकास र सहज व्यबस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र त्यो छिट्टै कार्यान्वयनको चरणमा जाने बताए । उनले सबैको सुझाव समेटेर ऐन तयारी भएको बताए ।





























प्रतिक्रिया