‘बर्थडे केक काटेझैँ देशको हितलाई काटकुट पारेर घिनलाग्दो खेल खेले’ -अध्यक्ष ओली

‘बर्थडे केक काटेझैँ देशको हितलाई काटकुट पारेर घिनलाग्दो खेल खेले’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुदलीय व्यवस्थामाथिको चुनौती कम नभएको बताएका छन् । 

शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि संघर्षको औचित्य र आवश्यकता समाप्त भइनसकेको बताएका हुन् । 

उनले भने, ‘हुन त बहुदलीय व्यवस्था हामीले ल्याएका छौं । तर चुनौतीहरु कम भएका छैनन् । अप्ठयाराहरु कम भएका छैनन् । संघर्षको औचित्य र आवश्यक समाप्त भईसकेको छैन । अहिले पनि संघर्षको आवशयकता छ ।’ 

अध्यक्ष ओलीले देशको हितलाई बर्थडे केक काटेझैँ काटकुट पारेर बाँडेर घिनलाग्दो खेल केही पार्टीले गरिरहेको आरोप पनि लगाए । उनले भने, ‘अहिले पनि संविधान लगातार मिच्ने कसैको बहुमत छैन, यी बहुमत नभएका पार्टीहरु ७ वटा ८ वटा १० वटा एक ठाँउ मिलेर स्वार्थ बाँडेर देशका हितलाई चकनाचुर पारेर बर्थडेको केक काटेझै राष्ट्रको हितलाई काटकुट पारेर बाँडेर सत्ता बनाउने र टिकाउने बहुतै घिनलाग्दो खेल खेलिरहेका छन् । राष्ट्रपति बाट संविधान विपरित पोहोरै मरिसकेको त्यो विद्येयक पोहोरै मरिसकेको त्यो । त्यसलाई विधिबाट अगाडि बढाउन सकिन्थ्यो तर सत्ता उन्माद भयो । त्यो पनि बहुमत भएर पनि भएको हैन, गठजोड भागबण्डा अराजनीतिको स्वार्थ र कित्ताकाटको अहंकार पलाएर संविधान नमान्ने पक्षमा पुगे ।’ 

Logo