एमालेले अडान नछाडेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

एमालेले अडान नछाडेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान राखेपछि शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो ।

प्रतिनिधि सभाको अवरोध हटाउन शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखे पनि सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्न आग्रह गर्दै आजको बैठक सूचना टाँसेर स्थगित गर्न प्रस्ताव राखेका थिए । त्यसपछि बैठक स्थगित भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सिंहको जीवनकथामा आधारित पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेको हो।

No description available.

Logo