अध्यक्ष ओलीको जिकिर- ‘प्रितम सिंह दिल्ली नै गएनन्, प्रचण्डले झुट बोले’

अध्यक्ष ओलीको जिकिर- ‘प्रितम सिंह दिल्ली नै गएनन्, प्रचण्डले झुट बोले’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रितम सिंहको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झुट बोलेको जिकिर गरेका छन् ।

शुक्रबार अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रितम सिंह दिल्ली नै नगएको दावी गरेका हुन् । उनले भने, ‘प्रितम सिंहलाई पनि उहाँले वेकार मुछ्नु भयो । प्रितमसिंह दिल्ली नै जानु भएको छैन तर दिल्ली जानु भयो मलाई प्रधानमन्त्री बनाउन भनेर उहाँले झुट बोल्नु भो ।’ 

अध्यक्ष ओलीले नेपालको सार्वभौमसत्ता विपरित कार्य गर्न हुँदैन भन्ने भारतलाई पनि थाहा भएको उल्लेख गर्दै दाहालले राष्ट्रियतामाथि भद्दा मजाक उडाएको आरोप लगाए । 

उनले भने, ‘मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउछुँ भनेर अहिलेसम्म भनेको छैन । त्यो भन्नु नेपालको सार्वभौम सत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् कि नेपालको सार्वभौमसत्ता नेपालको संसद र जनतामा छैन । नेपालको सांसदहरुले नेपाली संसदले सरकार बनाउने हैन दिल्ली दौडिएर सरकार बन्छ । धेरैपल्ट मलाई प्रधानमन्त्री बनाउन पनि मान्छेहरु पुगेका थिए । राष्ट्रियतामाथि मजाक उडाईएको छ । यो अतिभो ।’ 

Logo