अध्यक्ष ओलीकाे चुनौती- सत्तापक्षले द्वन्द्व खाेज्याे, जहाँ भन्छ त्यहीँ भेट्न तयार छौँ

अध्यक्ष ओलीकाे चुनौती- सत्तापक्षले द्वन्द्व खाेज्याे, जहाँ भन्छ त्यहीँ भेट्न तयार छौँ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जहाँ भन्छ आफूहरु त्यहीं भेट्न तयार भएको बताएका छन् ।

शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले आफूहरुले सत्तापक्षले मसल देखाएर मसल ठट्टाएर संसदमा भेटौंला भन्ने चुनौती दिएको बताएका हुन् । सत्तापक्ष समाधान नभइ द्वन्द्व बढाउने खेलमा लागेको आरोप पनि लगाए । 

उनले भने, ‘उनीहरुले हामीलाई मसल देखाएर मसल ठटाएर आह्वान गरे पार्लियामेन्टमा भेटौंला आउ भनेर, अब प्रतिपक्षले भेट भनेपछि भेट्न त परिहाल्यो । ठीक छ के को लागि पार्लियामेन्टमा सामना गराैंला भन्नुभयो । उहाँहरुले वार्ता गरौं, समस्याको समाधान गरौंला भन्नु भएन समाना गरौंला भन्नुभयो । प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु सत्तापक्षले पार्लियामेन्टमा मात्र हैन जहाँ भन्छ त्यहाँ हामी तयार छौं । स्पट तोकेर बोलाए हुन्छ ।’ 

अध्यक्ष ओलीले यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँदिल्लीमा गएर गोप्य मन्त्रणा गरेको जिकिर गर्दै आफू कसैलाई पनि गोप्यरुपमा भेट्ने नगरेको र भेट्दा देश हितमा मात्र कुरा गर्ने गरेको पनि दावी गरे । 

उनले भने, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोष लगाउने चेष्टा गर्ने । भारतबाट रअका प्रमुख नेपाल आए मसँग भेट्छु भने नेपाल आएर भेट्छु भनेपछि मैले भेट दिए । कुनै गोप्य होइन सार्वजनिक ढंगले भेटें । कुरा गरे । यसपटक प्रचण्डजी दिल्ली जानुभयो उनको निवासमा गएर लुकेर भेट गरेर गोप्य मन्त्रणा गरेर आउनुभयो । मैले गोप्य भेट गरेको होइन वहाँ गएर उनको निवासमा भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा भेटेको हुँ । मैले देशको हितको पक्षमा कुरा गरें । उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो । के भन्नु भो भेटेको कुरा पनि स्वीकार्नु सक्नु हुन्न उहाँ । उहाँले मान्छे लगाउनु हुन्छ । उहाँका विभिन्न गुरिल्लाहरु छन् नी विभिन्न नामका तर म प्रचण्डजीलाई भन्दिन चाहन्छु यस्ता कुराको धाक हामीलाई नलगाए हुन्छ ।’ 

Skip This
Skip This
Logo