पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन गगन थापाको आग्रह

पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन गगन थापाको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन आग्रह गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड बिमोचन समारोहमा महामन्त्री थापाले भ्रष्टाचारसँग जोडिएका ठूलो काण्डहरुमाथि भइरहेको छानविनमा आफूहरुको समर्थन रहेको बताएका हुन् । 

उनले भने, ‘शुसासनको लागि भ्रष्टाचारसँग जोडिएका ठूलाठूला काण्डहरुको सन्दर्भमा एकपछि अर्को गरेर महत्वपूर्ण निर्णयहरु हुँदै गएको छ,ती कुराहरुमा हाम्रो समर्थन छ । यस्ता अरु पनि विषयहरु छन् । पशुपतिको जमिन जोगाउने सन्दर्भमा गरेका कामहरु छायाँमा नपरोस् यसमा सरकार अगाडि बढोस् ।’ 

खप्तड क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेता पनि यसले धेरै नयाँ कलाकारलाई अवसर दिइएको उनको भनाई छ । 

महामन्त्री थापाले सरकारले अर्थतन्त्रको संकटमा परेको बेलामा जुन चुस्तताको साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको गुनासो पनि गरे । 

Logo