चर्चित भ्रष्टाचार काण्डका फाइल लेखा समितिलाई दिनुपर्छः अर्जुननरसिंह केसी

चर्चित भ्रष्टाचार काण्डका फाइल लेखा समितिलाई दिनुपर्छः अर्जुननरसिंह केसी

केन्द्रबिन्दु
0
Shares

सार्वजनिक लेखा समितिको जेष्ठ सदस्य अर्जुननरसिंह केसीले संसदीय समितिले निर्णय गरेका विषयमा सरकारले हलुका रुपमा लिने गरेकोप्रति गुनासो गरेका छन् । 

आइतबार समिति सभाकक्ष सिंहदरबारमा बसेको बैठकमा केसीले संसदको समितिमा पारित गरेर पठाएको कुराको टुंगो सरकारले नलगाउनु समितिकै अपमान गर्नु सरह रहेको बताएका हुन् । उनले भने, ‘संसदको समितिले पारित गरेका कुरा समितिलाई संसदले नै गलत सावित गरे एउटा कुरा हो नत्र संसद सरह अधिकार प्रयोग गरेर समितिले निर्णय गरेर पठाएको कुरा कुनै टुंगो नलगाउने कुरा हेलचेक्र्याइँमात्र होइन संसदीय समितिको अपमान हो । विशेषाधिकारको अपहरण हो ।’

उनले विषयगत रुपमा समितिमा आएमा विषयलाई टुंगे लगाउनुपर्नेमा जोड दिँदै चर्चित भ्रष्टाचारका काण्डमा भएका निर्णय र विवरण सचिवालयले उपलब्ध गराउनुपर्ने माग गरे । ‘खासगरि चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ । के निर्णय भयो र त्यसलाई उल्ट्याउँछौं भनेको होइन,तर जुन कुराको निर्णय भएर सरकार वा संवैधानिक निकाय जसले त्यसलाई जहाँ जुन लेवलबाट थन्क्याएर राखिरहेको छ  त्यो मागेको बेला उपलब्ध गराउनुपर्छ। संसदको समितिलाई अपमान गर्ने अधिकार कुनैसंग छैन’, उनले भने । 

त्यस्तै उनले समितिको आन्तरिक कार्यविधि २०८० यसै सातापास गराएर बार्षिक क्यालेण्डर निर्माण गर्ने पनिबताएका छन् । उनले भने, ‘अहिले सबभन्दा ठूलो समस्या संसदको सबै सदस्यहरु (समायोजन) एकत्रित गर्नुपर्ने हुन्छ । त्यो नभई हामीले अहिले तोकि दिँदा बडो असजिलो हुन्छ । यहि हप्ताभित्र बिहान, दिउँसो, बेलुकाजुनै बेला पनि हुनसक्छ,संसदसंग समन्वय गरेर अर्को बैठकमा कार्यविधिलाई पारित गर्ने हो ।’ 

आज बसेको बैठकमा कार्यविधि निर्माण उपसमितिका संयोजकले कार्यविधिको मस्यौदा छलफलका लागि प्रस्तुत गरे । उक्त कार्यविधिलाई आजै पारित गर्ने भनिए पनि त्यो हुन सकेन । 

समितिको जेष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरेका अर्जुन नरसिंह केसीले समितिले वार्षिक कार्यक्रमबनाएरै अघि बढ्नुपर्नेमा जोड दिँदै कार्य विधिनिर्माणसंगै समितिलाई पनि कानूनी प्रकृया अनुसार पूरा गर्नुपर्ने बताए । ‘वार्षिक क्यालेण्डर बनाएर अगाडि बढ्नुपर्ने जुन कुरा समितिमा उठेको छ,त्यो अत्यन्त जरुरी छ । त्यसको कार्यान्वयनको लागि पहिला हाम्रो कार्यविधि अन्तिम टुंगोमा पुग्नुपर्छ। र कार्यविधिमात्र होइन,सबैको चाहना भनेको समितिको नेतृत्व पनि सकेसम्म चाँडै प्रकृयागत रुपले सुरु होस् ।’

त्यस्तै, उनले महालेखा परीक्षकले देखाएको बेरुजुलाई भ्रष्ट मानसिकताले भएको बेरुजु र प्रकृयागत गल्तीका कारण दुई भागमा राखेर समितिले अध्ययनगरि छिटो बेरुजुको विषयमा समितिले तदारुकताको साथलागेर कामको छिनोफानो गर्नुपर्नेमा जोड दिए ।

Logo