प्रतिनिधिसभाको बैठक आज नबस्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सारे पनि सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।
आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलमा सदनमा चित्तबुझ्दो भाषामा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउन सहमत भएको थियाे । तर, विशेष कारण देखाउँदै संसद सचिवालयले आजको बैठक निर्धारित समयमा बस्न नसक्ने र सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएकाे हो ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ भने प्रधानमन्त्रीको आग्रहमा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियाे ।






























प्रतिक्रिया