अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने ३ सांसद‍ मुख्यमन्त्री राईकाे पक्षमा फर्किए

अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने ३ सांसद‍ मुख्यमन्त्री राईकाे पक्षमा फर्किए

केन्द्रबिन्दु
0
Shares

नेकपा दाहाल–नेपाल समूहका तीन सांसद प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएकाे घोषणा गरेका छन् ।

प्रदेश सभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको बताए ।

उनीहरूले राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास दर्तासम्बन्धी निवेदनमा ३७ सांसदसँगै हस्ताक्षर गरेका थिए । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् ।

Logo